धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानालाई निलम्बन गर्न माग

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, १४ : १२
धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानालाई निलम्बन गर्न माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । धितोपत्र कारोबारमा बोर्डका अध्यक्ष ढुङ्गानाले व्यक्तिगत रूपमा अनैतिक कारोबार गरे पनि सिङ्गो बोर्डलाई नै बदनाम गराइएको भन्दै कर्मचारीहरूले विरोध पनि जनाएका छन् । 

आइतबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी युनियनले अध्यक्ष ढुङ्गानाले व्यक्तिगत रूपमा गलत गरेकाले व्यक्तिगत रूपमै उनलाई कारबाही गर्न र बोर्डलाई विवादमा नल्याउन सरकारसँग माग गरेका छन् ।

कुनै व्यक्ति अध्यक्ष भएकै नाताले गलत गर्न पाउनुपर्ने र सो बापत छुटसमेत पाउनुपर्छ भन्ने नभएको भन्दै कर्मचारीहरूले विज्ञप्तिमार्फत अध्यक्ष ढुङ्गानाको कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस