कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ कोभिड संक्रमित थपिए, थप १६ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १४ साउन २०७८, १६ : १६
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ कोभिड संक्रमित थपिए, थप  १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २

सय ४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६ सय ४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३ सय ८०  पुगेको छ । 

यस्तै हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४ सय ४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८ सय ७ पुगेको छ ।