भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

एजेन्सी

सोमबार, १९ साउन २०७७, १२ : ४२
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारत । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन् ।

‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण  गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु,’ शाहले ट्विटमा भनेका छन्, ‘मेरो अनुरोध छ कि तपाईंहरूमध्ये केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउनु होला ।’