वीरगन्जमा भयावह बन्दै कोरोना संक्रमण

पत्रपत्रिकाबाट

शनिबार, १७ साउन २०७७, ०७ : १२
वीरगन्जमा भयावह बन्दै कोरोना संक्रमण

वीरगन्ज । वीरगन्जमा बिहीबार साँझ र राति गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुई जनाको वीरगन्जको कोभिड अस्पताल गण्डकमा र एक जनाको वीरगन्ज–२ छपकैया स्थित आफ्नै घरमा मृत्यु भएको हो । थप एक महिलाको पनि मृत्यु भइसकेको छ । तर, उनको स्वास्थ्य परीक्षण रिपोर्ट आई नसकेको नारायणी अस्पतालले जनाएको छ ।

मृत्यु हुनेहरूमा वीरगन्ज–१६ नगवाका ३५ वर्षीय र वीरगन्ज–२ छपकैयाका ६५ वर्षीय पुरुष छन् । यस्तै, जगदम्बा इन्टरप्राइजेजका सिइओको पनि कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनी भारतीय नागरिक हुन् । आफ्नै घरमा मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आएको नारायणी अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

योसहित पर्सामा साउनमा मात्र मृत्यु हुनेको संख्या ८ पुगेको छ । मुलुकभरि भने योसहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस