योजनाबिना लकडाउन खुला, यसरी बढ्दै छ जोखिम

पत्रपत्रिकाबाट

बुधबार, १४ साउन २०७७, ०८ : १८
योजनाबिना लकडाउन खुला, यसरी बढ्दै छ जोखिम

काठमाडौं । सरकारले लकडाउन जारी गरेपछि केही दिन सहरबजार सुनसान भए । तेस्रो पटक पनि लकडाउन थपिएपछि एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम सुरु भयो । सुरुवातमा सहरबाट गाउँ जाने बढी थिए ।

यतिसम्म कि स्थानीय तह र राजनीतिक दलको पहुँचको आधारमा गाडी रिजर्भ गरेर हूलका हूल सहरबाट गाउँ गए । लकडाउन लम्बिँदै गएका बेला सहरमा पसल खुल्न थालेपछि गाउँबाट लुकीछिपी सहर पस्ने क्रम बढ्यो । साउन ७ देखि भने लामो रुटको गाडी, शैक्षिक संस्था, फिल्म हललगायत बाहेक सबैजसो खुला गरियो ।

यसको असर लक्षणसहितको कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सीमा नाका बन्द रहने भनिए पनि भारत–नेपालको नाका हुँदै निर्बाध आउजाउ भइरहेको छ । भारत हुँदै काठमाडौं आउने मजदुर र व्यापारीहरूको पीसीआर गर्दा पाजिटिभ देखिने गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस