उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए

पत्रपत्रिकाबाट

बुधबार, १४ साउन २०७७, ०७ : ४४
उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए

फाइल तस्विर

काठमाडौं । उपत्यकामा मंगलबार ६१ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा एकै दिन संक्रमण पुष्टि हुनेको संख्या अहिलेसम्मकै धेरै हो । त्यति मात्र होइन, थपिएका यी नयाँ संक्रमितमध्ये एक चौथाइमा लक्षणसमेत देखिएको छ । राजधानीलगायत मुलुकका विभिन्न भागमा केही दिनयता लक्षण भएका संक्रमित फेला पर्ने क्रम बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये १५ जनामा लक्षण देखिएको छ । उनीहरूमा मुख्य रूपमा ज्वरो, सुक्खा खोकी, स्वाद थाहा नपाउने, टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण रहेका छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस