फेरि बढ्न थाले कोरोना संक्रमित : थप ३११ जना संक्रमित भेटिए, संक्रमितको संख्या १९ हजार नाघ्यो

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, १६ : २७

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । जसमध्ये १३ हजार ८७५ निको भएर घर फर्किएका छन् ।