कोरोनाले अस्तव्यस्त बन्दै वीरगन्ज, ५० को अवस्था गम्भीर

पत्रपत्रिकाबाट

मंगलबार, १३ साउन २०७७, ०७ : ०६
कोरोनाले अस्तव्यस्त बन्दै वीरगन्ज, ५० को अवस्था गम्भीर

फाइल तस्विर

वीरगन्ज । पर्साको वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामीबाहेक अरूलाई राख्ने ठाउँ नभएको अस्पतालका चिकित्सकले बताएका छन् ।

अस्पतालका एक कर्मचारीका अनुसार थपिने संक्रमितलाई सोमबारदेखि राख्ने ठाउँ नै छैन । अस्पतालमा शैय्या नभएपछि अहिले नै २३ जना बिरामीलाई उनीहरुको घरमा नै आवश्यक निगरानीसहित राखिएको डा. निरज सिंहले जानकारी दिनुभयो ।

आइतबार संकलित स्वाब परीक्षण रिपोर्ट आउन थालेपछि ती बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको उहाँले जानकारी दिनुभयो । थपिने संक्रमितलाई तत्काल कहाँ राख्ने भन्नेमै चिन्ता बढेको डा. सिंहले बताउनुभयो ।

कोभिड अस्पताल बनाइएको वीरगन्जस्थित गण्डक हस्पिटल प्रालि अब सामान्य अवस्थाका संक्रमितभन्दा पनि गम्भीर अवस्थाका ५० जना बिरामीलाई मात्र राख्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस