प्रदेश १ प्रहरी कार्यालयका १९ जनामा कोरोना संक्रमण

आइतबार, ११ साउन २०७७, १५ : १०

विराटनगर । प्रदेश १ प्रहरी कार्यालयका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्टि गरेका छन् । 

पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा अरु थपमा कोरोना पुष्टि भएको हो ।