भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार

एजेन्सी

शनिबार, १० साउन २०७७, १८ : ५८
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार

नयाँ दिल्ली । भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ । 

यससँगै भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । 

उक्त अवधिमा थप ७५७ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ३१ हजार ३५८ कारोनाभाइरस सङ्क्रमितको मृत्यु भइसकेको छ । 

भारत सङ्क्रमणका दृष्टिकोणबाट विश्वको तेस्रो स्थानमा रहेको छ तर भारतमा अधिकांश विरामी निको भई घर फर्किइसकेका छन् । 

शनिबारसम्ममा चार लाख ५८ हजार २०५ व्यक्ति कोभिड–१९ बाट अझै पनि सङ्क्रमित रहेका छन् ।  (रासस/एएनआई)