जाम्बियाका १५ सांसद कोरोनाभाइरस सङ्क्रमित

एजेन्सी

शुक्रबार, ०९ साउन २०७७, १९ : ३२
जाम्बियाका १५ सांसद कोरोनाभाइरस सङ्क्रमित

काठमाडौं । कोरोना परीक्षण गराउँदा जाम्बियाका १५ सांसद कोरोनाभाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएको छ । देशका १५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएका छन् ।  

स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदहरूलाई सम्पर्क गरेर अहिले आइसोलेसनमा राखिएको जानकारी दिनुभयो । कोरोना अपडेट जानकारी गराउने क्रममा उहाँले सङ्क्रमित कुनै पनि सांसद गम्भीर अवस्थामा नरहेको पनि स्पष्ट पार्नुभयो । 

उहाँले संसद सचिवालयमा कार्यरत अरु १५ जना कर्मचारीमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको बताउनुभयो ।  जाम्बियामा पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशभरी कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ८५६ पुगेको छ ।  कोरोनाभाइरसकाका कारण जाम्बियामा शुक्रबारसम्म ८३५ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस