पहिरोले पुरिएर धादिङमा एकजनाको मृत्यु

रासस

शुक्रबार, ०९ साउन २०७७, ११ : १८
पहिरोले पुरिएर धादिङमा एकजनाको मृत्यु

फाइल फोटो

धादिङ । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर बिहिबार राति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६  रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

राति गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा  पहिरोले थिचेर पन्थको ज्यान गएको हो । पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको स्थानीयवासी हरि थापाले बताए । यो सहित जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । 

प्रतिक्रिया दिनुहोस