लकडाउन खुल्यो, जोखिम बढ्यो

पत्रपत्रिकाबाट

विहीबार, ०८ साउन २०७७, ०७ : ३२
लकडाउन खुल्यो, जोखिम बढ्यो

फाइल तस्विर

काठमाडौँ । संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी सरकारले लकडाउन हटाएकाले जोखिम झनै बढेको विज्ञहरूले बताएका छन् । उनीहरूले कुनै पनि बेला कोभिड–१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् । लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ ।

‘अहिले संक्रमित दिनहुँ देखिराखेकै अवस्था छ, बुधबार पनि सरकारले दुई जनाको मृत्यु भएको बताइरहेको छ । यस्तोमा लकडाउन टुंगियो भन्दा अलि नमिलेजस्तो देखिन्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने, ‘लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत चारवटा आधार भए मात्र लकडाउन हटाउन सकिने भनेको छ, तर नेपालले यो पालना गरेन ।’

डा. कार्कीका अनुसार डब्लूएचओले तोकेको आधारअन्तर्गत लकडाउन हटाउन संक्रमितको संख्या अत्यन्तै कम हुनुपर्नेछ । लकडाउन हटाएपछि जोखिम अझै बढ्ने भएकाले संक्रमितको उपचार गर्न विशेष र अत्यन्तै राम्रो हिसाबले अस्पतालको तयारी गरिनुपर्छ । स्वास्थ्य जनशक्ति, भेन्टिलेटर, आईसीयू बढाउनुपर्छ । पीसीआर परीक्षणको दायरा व्यापक बनाउनुपर्छ । लकडाउन खुलेपछि आम व्यक्ति काममा फर्कने भएकाले कार्यालय वा कार्यस्थलमा सुरक्षित साथ काम गर्ने वातावरण सम्बन्धित कार्यालयले मिलाउनुपर्छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस