रुसमा बढ्दै कोरोना संक्रमित, २४ घन्टामा छ हजारभन्दा बढी संक्रमित

एजेन्सी

बुधबार, ३१ असार २०७७, १९ : ३१
रुसमा बढ्दै कोरोना संक्रमित, २४ घन्टामा छ हजारभन्दा बढी संक्रमित

काठमाडौं । रुसमा बुधबार मात्रै छ हजार ४२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार गएको २४ घन्टायता मात्र उहाँ छ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका हुन् । 

यससँगै रुसमा संक्रमितको संख्या ७ लाख ४६ हजार ३६९ जना संक्रमित पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँका विभिन्न ८५ वटा सहरमा यी संक्रमित पाइएका बताइएको हो । कोरोना भाइरसका कारण ११ हजार ७७० जनाले ज्यान गुमाएका छन् । यहाँ पछिल्लो २४ घन्टामा मात्र १७५ जनाको मृत्यु भएको छ । 

सुरुमा रुसमा कोरोना भाइरस सरकारको नियन्त्रणमा रहेको दाबी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गर्नुभएको थियो । तर एकाएक यहाँ दिनहूँ हजारौँ जना संक्रमित थपिन थालेका हुन् । सो मन्त्रालयले दिनहूँ ठूलो संख्यामा नयाँ संक्रमित थपिन थालेका बताएको छ । 

योसँगै रूसमा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको यहाँको सरकारले जानकारी दिएको छ । यहाँका पाँच लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् भने दुई लाखभन्दा बढी उपचाररत संक्रमित नै छन् । 

प्रतिक्रिया दिनुहोस