तुलसीपुर । दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ ।
बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
रा २ प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गर्र्दा रुखको हाँगा भाँचिएर खस्दा टाउकामा चोट लाग्दा गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० असार २०७७, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ओमानमा बाढीवाट मृत्यु हुनेको संख्या १८ पुग्यो, दुइ अझै बेपत्ता
कश्मिरमा डुंगा पल्टिँदा चार जनाको मृत्यु
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
पर्यटकलाई घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु
आगलागीमा गम्भीर घाइते भएका तीनै बालकको मृत्यु