कोरोना निको हुनेको सङ्ख्या उच्च

रासस

मंगलबार, ३० असार २०७७, ०७ : ०४
कोरोना निको हुनेको सङ्ख्या उच्च

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कम हुन थालेसँगै सङ्क्रमित निको हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७०५ जना व्यक्ति कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कुल डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले हालसम्म ६० दशमलब ७ प्रतिशत डिस्चार्ज भएको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता गौतमले छ हजार ६१३ सक्रिय कोरोना सङ्क्रमित रहेको बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभर १४४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । प्रवक्ता प्रा.डा. गौतमले १४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुहुँदै कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ९४५ पुगेको बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस