कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड : विश्वभर एकैदिन थपिए २ लाख ३० हजार ३ सय ७० जना संक्रमित

एजेन्सी

सोमबार, २९ असार २०७७, ११ : ५९
कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड : विश्वभर एकैदिन थपिए २ लाख ३० हजार ३ सय ७० जना संक्रमित

फाइल फोटो

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको जनाएको छ ।

डब्लुएचओका अनुसार आइतबार विश्वभर दुई लाख ३० हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । एकै दिन नयाँ संक्रमित थपिएको यो अहिलेसम्मकै धेरै हो । यसअघि दुई लाख २८ हजार १८६ जनामा संक्रमण पुष्टि भएको थियो ।

थपिएका धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट रहेका छन्। यसअघि जुलाई १० मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। सो दिन २ लाख २८ हजार १ सय २ जना संक्रमित फेला परेका थिए । पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ६५ हजार पार भएको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ३३ लाख चार हजार भन्दा बढी पुगेको छ । त्यहाँ एक लाख ३५ हजार भन्दा बढीको ज्यान गएको छ । अमेरिकामा आइतबार एक दिन ६६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भयो ।

यस्तै विश्वमै सबैभन्दा धेरै संक्रमित तथा मृत्यु हुनेको संख्यामा दोस्रो स्थानमा रहेको दक्षिण अमेरिकी देश ब्राजिलमा अहिलेसम्म १८ लाख ६४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । त्यसमध्ये ७२ हजार एक सयजनाको ज्यान गएको छ । ब्राजिलमा आइतबार मात्रै ४५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस