बाढीपहिरोबाट तीन दिनमा ५५ जनाको मृत्यु

पत्रपत्रिकाबाट

आइतबार, २८ असार २०७७, ०७ : ३७
बाढीपहिरोबाट तीन दिनमा ५५ जनाको मृत्यु

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित भएको छ । वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन्। पहाडमा बाढीपहिरो र तराईमा डुबानको खतरा अझै टरेको छैन ।

बाढीपहिरोमा परी तीन दिनयता ५८ जनाको मृत्यु भइसकेको छ भने ३१ जना बेपत्ता छन् । सबैभन्दा बढी गण्डकी प्रदेशमा ३७ जनाले ज्यान गुमाएका छन्। नागरिक दैनिकमा खबर छ ।