उपत्यकामै कोरोनाबाट ५ जनाले ज्यान गुमाए

पत्रपत्रिकाबाट

आइतबार, २८ असार २०७७, ०७ : ३५
उपत्यकामै कोरोनाबाट ५ जनाले ज्यान गुमाए

काठमाडौं । राजधानी उपत्यकामै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । 

पछिल्लोपल्ट काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको पनि कोरोना भाइरसका कारण गत असार १७ गते ज्यान गएको थियो । उनी उच्च रक्तचाप र पार्किन्सनका बिरामी थिए । 

छातीको समस्यापछि अस्पताल पुगेका उनको उपचारका क्रममा ज्यान गएको हो । उनको पनि मृत्युपछि १९ असारमा कोरोनाको पुष्टि भएको थियो । यसअघि ललितपुरमा २ जनाको कोरोना भाइरसबाट मृत्यु भएको थियो । 

ललितपुर, बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते निधन भएको थियो । उनी १२ जेठमा किस्ट अस्पताल भर्ना भएका थिए । मृत्युपछि १५ जेठमा संक्रमण पुष्टि भएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस