काठमाडौं । तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् । अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ । उनी पछिल्लो समयमा युएई बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २७ असार २०७७, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानको सिटमा भेटियो १ किलो सुन
सुन तस्करीसम्बन्धी छानबिन आयोगकाे सिफारिस : 'पौडेल र बुढालाई पुरस्कृत गर्न'
एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ
सुनको आयात ५९ प्रतिशतले घट्यो
त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ
सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, तोलामा कति पुग्यो ?