बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको वार्ता सकेर प्रचण्ड शीतल निवासतर्फ

शुक्रबार, १९ असार २०७७, १५ : २०
बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको वार्ता सकेर प्रचण्ड शीतल निवासतर्फ

काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्ड शीतल निवास हिँडेका छन् । बालुवाटारमा ओलीसँग वार्ता सकेर प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास गएका हुन् । 
यसअघि हिजो पनि शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेका प्रचण्ड आज पनि शीतल निवास गएका हुन् । बालुवाटारमा पार्टीभित्रको विवद मिलाउने प्रयासस्वरुप भएको वार्ता सकारात्मक बनेको भनिएको बेला उनी राष्ट्रपति भेट्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस