बालबालिकामा कोरोना संक्रमण बढ्दै, अभिभावकलाई सचेत हुन आग्रह

बुधबार, १७ असार २०७७, १७ : ३७
बालबालिकामा कोरोना संक्रमण बढ्दै, अभिभावकलाई सचेत हुन आग्रह

काठमाडौं ।  नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । बालबालिकामा संक्रमण बढेसँग अभिभावक पनि सचेत हुनुपर्ने बेला आएको छ । 

नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । सुदूरपश्चिममा ९ वर्षमुनिका १ सय ७५ जनामा कोरोना संक्रमण भएको छ भने केहीको मृत्यु भएको छ । डा। गौतमका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमण भएका बालबालिकाहरु सबै आमाबुबासँगै भारतबाट फर्किएका हुन् ।

बालबालिकामा कोरोना संक्रमण देखिए अरुमा सर्ने सम्भावना बढी हुने भन्दै मन्त्रालयले बालबालिकालाई सकेसम्म घरमै राख्न आग्रह गरेको छ । बालबालिकालाई भिडभाडमा नलैजाने र लैजानै परेमा आफू र बालबालिकाले अनिवार्य मास्क लगाउने, अरुसँग २ मिटरको दूरी कायम गर्ने, बेला बेलामा हात धुने गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस