अविरल वर्षाका कारण तानसेनमा भत्कियो घर

रासस

विहीबार, ११ असार २०७७, ११ : १६
अविरल वर्षाका कारण तानसेनमा भत्कियो घर

file photo

पाल्पा । तानसेन नगरपालिका–७, लामीडाँडामा वर्षाका कारण घर भत्किएको छ ।

अविरल वर्षाको कारण  लामीडाँडाका खुमबहादुर खत्रीको दुईतले कच्ची घर गए राति भत्किएको प्रहरी नायब निरीक्षक एकबहादुर नेपालीले बताउनुभयो । प्रनानि नेपालीका अनुसार  घर भत्किँदा कुनै मानवीय क्षति भने भएको छैन ।