एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट मुक्त

पत्रपत्रिकाबाट

मंगलबार, ०९ असार २०७७, ०७ : १७
एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट मुक्त

file photo

काठमाडौं । सोमबार एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएका छन् । निको भएका उनीहरु देशभरिका बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुनेमा ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् । सोमबार निको भएकासहित निको हुनेको संख्या २ हजार १ सय ४२ जना पुगेका छन् ।

ती मध्येमा १ सय ६१ महिला र १९ सय ६१ पुरुष छन् । एकैपटक धेरै जना डिस्चार्ज भएको पहिलो पटक रहेको यस अघिका तथ्यांकले औल्याएका छन् ।  निको हुनेहरुमा दाङबाट ६, सुर्खेतबाट ६, जिल्ला अस्पताल कालिकोटबाट २८, दैलेखबाट २ सय ६५, सल्यानबाट ३७, नारायणी अस्पताल वीरगंजबाट ११ र धादिङबाट १७ जना छन् ।  

सोमबार नै चौविस घण्टाभित्रमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय संक्रमितहरुको संख्या पनि दैनिक बढिरहेको छ । नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । ती मध्येमा ८ हजार ६ सय ६७ पुरुष र ८ सय ९४ महिला छन् । रसुवा बाहेक सवै जिल्लामा संक्रमण पुगिसकेको मन्त्रालयले जनाएको छ ।  

सोमबार सवै भन्दा बढी पाल्पामा ९० जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । त्यसैगरी अन्य जिल्लाहरुमा कैलालीमा ५८, सर्लाहीमा ४७ जना, रौतहट र स्याङजामा ३५, प्युठानमा १९ छन् । सोमबार ६ हजार १ सय ९८ वटा पिसिआर बिधिबाट परीक्षण भएको थियो । हाल देशभरिमा ९० हजार ७ सय ३० जना क्वारेन्टिनमा र ७ हजार ७ सय ८९ जना आइसोेलेसनमा रहेका छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस