कोरोना संक्रमण बढ्दै गएपछि पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी

पत्रपत्रिकाबाट

सोमबार, ०८ असार २०७७, ०७ : २७
कोरोना संक्रमण बढ्दै गएपछि पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले कोरोना संक्रमण बढ्दै गएपछि पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरुसँग छलफल गरिरहेको छ।

विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको संक्रमण बढ्दै ५० हजारसम्म पुग्छ भन्नु र सरकारले पूर्ण लकडाउनको बारेमा सुरक्षा निकायसँग छलफल गर्नुले साउनदेखि पुनः पूर्ण लकडाउन तयारी थालेको आशंका जन्मिएको छ।

केही दिन अघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४० हजार पुग्ने दावी गरेको थियो भने नेपाली सेनाको पृतनापति सम्मेलनमा ५० हजार पुग्ने अनुमान प्रक्षेपण गर्नुले पूर्णलकडाउनको तयारी बढिरहेको संकेत गर्न थालिएको छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस