प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

सोमबार, १५ बैशाख २०७७, १६ : ००
प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको छ ।

आज सोमबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे छलफल भएको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको थियो । 

भेटमा वरिष्ठ नेता खनालले तत्कालै सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्न ढिला गर्न नहुने समेत बताएका थिए ।

उता फेरि ओली पक्षका चार नेता र नेपाल पक्षका चार नेताबीच नेपाल निवास कोटेश्वरमा छलफल जारी छ । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोेखरेल, प्रदीप ज्ञवाली र विष्णु पौडेल सहभागी छन् । त्यस्तै माधव नेपालसहित विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस