प्रचण्डले बालुवाटारमै पुगेर प्रधानमन्त्रीलाई भने– मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई !

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, १४ : २९
प्रचण्डले बालुवाटारमै पुगेर प्रधानमन्त्रीलाई भने– मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई !

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड शनिबार बालुवाटारमै पुगेका थिए । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार प्रचण्ड बालुवाटारमा पुगेका उनको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई तथा शुभकामना दिएका थिए । 
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई भने र प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे । उनीहरुबीच केहीबेर राजनीति कुराकानी पनि भएको थियो । 

प्रचण्डले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका सचिवालयको भनाइ छ । 

फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको थियो। प्रधानमन्त्री ओली चिकित्सकहरूको निगरानीमा बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस