वामदेवले आफ्नै निवासमा फेरि किन बोलाए प्रचण्डलाई ?

आइतबार, २५ फागुन २०७६, ०९ : १४
वामदेवले आफ्नै निवासमा फेरि किन बोलाए प्रचण्डलाई ?

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतम अहिले चर्चामा छन् । कारण गत प्रतिनिधीसभामा पराजित भएपनि उनलाई संसदमा जसरी हुन्छ नछिरी भएको छैन् । चुनावमा पराजित भएको एक वर्ष उनले प्रतिनिधीसभामै निर्वाचित सांसदलाई राजीनामा गराउने, त्यस ठाँउमा उपचुनाव गराउने र त्यहाँ आफु चुनाव लडेर प्रतिनिधीसभा छिर्ने अनेक दाउपेचमा गौतम लागे ।

त्यसका लागि उनको ढल्काई पनि कहिले कता, कहिले कता गरी आफुनो अनुकुलमा नेताहरुलाई समेत आफ्नो मुद्दामा तान्ने कोसिस गरिरहे । पार्टीमा उनले शक्तिशाली विभाग मध्यको संगठन विभागको जिम्मा पाए । उनकै लागि मात्र विधान संसोधन गरेर उपाध्यक्ष सम्म बनाइयो । तर पनि उनलाई अझै पार्टीले संसदीय भूमिका पनि दिनुपर्ने अडान कायमै छ । प्रतिनिधीसभाका लागि ढोका बन्द भएपछि उनी राष्ट्रिय सभामा जस्केलाबाट  छिर्ने दाउमा लागे । त्यसका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीको प्रस्ताव समेत पार्टीमा गराउन लगाए । 

त्यसपछि भने उनलाई पार्टीका दुवै अध्यक्ष ओली र प्रचण्डले नै राष्ट्रिय सभा जान प्रस्ताव गर्न थाले । तर गौतमले आफु सरहका सबै नेता प्रधानमन्त्री बनिसकेको र आफु पनि प्रधानमन्त्री सम्म बन्न पाउने कानुनी अड्चन हटाए मात्र राष्ट्रिय सभामा जाने खुल्ला प्रस्ताव नै गरे । तर ओली त्यसमा तयार भएनन् । उनले राष्ट्रिय सभा र प्रतिनिधीसभाको बीचमा रहेको विभेद हटाउनु पर्ने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने भन्दै संविधान संसोधनको माग गर्दै आए ।

गौतमको मागकै आधारमा नेकपाले कार्यदल समेत बनाएको थियो । तर कार्यदल बनाएकोमा पार्टीभित्र र बाहिर समेत आलोचना बढेपछि कार्यदल गठनको निर्णयबाट नेकपा पछि हट्यो । संविधान संसोधनको शशर्त माग गरिरहेका उपाध्यक्ष गौतमलाई नेताहरुले निर्शत राष्ट्रिय सभामा जान प्रस्ताव गरे । त्यही प्रस्ताव १४ फागुनको सचिवालय बैठकमा सर्वसम्मत पारित भयो । तर त्यो निर्णय कार्यान्वयनमा आएको छैन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक रिक्त पदमा पार्टीले गौतमलाई सिफारिस गर्न सरकारलाई आग्रह गर्ने सर्वसम्मत निर्णय गरेको थियो । पार्टी निर्णयपछि भने प्रधानमन्त्री ओली पछाडी हटेका छन् । गौतमलाई राष्ट्रिय सभा लैजाने प्रस्तावमा ओली किन पछि हटे ? यसको रहस्य खुल्न सकिसकेको छैन । तर पनि प्रधानमन्त्रीलाई आफ्नै समुहभित्रका नेताहरुको घेराबन्दी र निर्णय नमान्न पारेको दबाब, राष्ट्रपति विद्या भण्डारी सम्मको अप्रत्यक्ष दबाबका कारण ओली निर्णयबाट पछि हटन खोजेको आशंका नेकपाभित्र छ । 

पार्टी निर्णय ओलीले मानेका भए २१ फागुन देखि नै उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य भईसकेका हुन्थे । तर ओलीले यो बीचमा पार्टी निर्णय र आफ्नो अडान दुवैलाई यथास्थितीमा राख्दै मृगौला पूनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भए । त्यसपछि वामदेव का विषयमा पार्टीले गरेको निर्णय कार्यान्वयनमा कहिले आउँछ ? अहिले नेकपाभित्र बहसको विषय छ ।

तर गौतमलाई भने पार्टीले गरेको निर्णय कार्यान्वन नहुँदा छटपटाहट छ । पार्टीका विभिन्न स्तरका नेताहरुलाई भेटेर र टेलिफोन गरेर गौतमले अहिले आफ्नो विषयमा पार्टीले गरेको निर्णय कहिले कार्यान्वनको जिज्ञासा राख्न थालेका छन् । खासगरी उनले पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय माधव नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेललाई यो विषयमा जिज्ञासा राख्ने गरेका छन् । नेताहरुलाई आफ्नै निवासमा समेत बोलाउने र आफनो बारेमा पार्टीले गरेको निर्णय कार्यान्वयनमा कहिले आँउछ भन्दै गौतमले यस विषयमा छिटो टुंगोमा पुगिदिन आग्रह गर्न थालेका छन् ।

गौतम निकट एक केन्द्रीय सदस्यका अनुसार, उनले शनिबार मात्रै पनि पार्टी अध्यक्ष प्रचण्डलाई आफ्नै निवासमा बोलाएर आफनो निर्णयका बारेमा कहिले निर्णय हुने भनी जिज्ञासा राखेका थिए । केही दिन देखि घरमै आराम गरी बसेका अध्यक्ष प्रचण्डलाई उनले तीन दिन यता एकपटक उनकै निवास खुमलटारमा र एक पटक आफ्नै निवास भैसेपार्टीमा बोलाएर यो विषयमा जिज्ञासा राखेको गौतम निकट ति नेताले सफलखबरलाई बताए । 

गौतमले हिजो पनि प्रचण्डलाई निवासमा बोलाएर यही जिज्ञासा राखेको ति नेताले बताए । प्रचण्डले भने पार्टी निर्णय कार्यान्वयन हुने तर प्रधानमन्त्रीको अस्पताल बसाई सकिएलगत्तै निर्णयमा पुगिने बताएको पनि ति नेताको भनाई छ । गौतमको जिज्ञासा र नेताहरुसँगको बाक्लो भेटघाट र सम्वादले भने उनमा छटपटाहट देखिएको छ ।