आज, सुनको मूल्य तोलाको ८० हजार, ३ सय घट्यो

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०७६, ११ : ४२
आज, सुनको मूल्य तोलाको ८० हजार, ३ सय घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलाको ८० हजार रुपैयाँमा कारोबार भएको छ ।

सोमबार तोलामा ८० हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड गरेको सुनको मूल्य मंगलबार भने रु ३०० घटेर ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी मंगलबार ९२५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।