पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो, चिसोबाट बच्न आग्रह

पत्रपत्रिकाबाट

शनिबार, १८ माघ २०७६, ०८ : २१
पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो, चिसोबाट बच्न आग्रह

प्रतिकात्मक फोटो

काठमाण्डौँ । शनिबार पश्चिमी न्यून चापीय प्रणालीका कारण पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको छ ।

अन्य, ठाउँमा भने सामान्य बदली देखि हल्का वर्षा हुने मौसमविदले जनाएका छन् । मध्य तथा पश्चिमी पहाडी भेगमा केही दिनदेखि आंशिक बदली भइरहेको छ ।अझै दुई दिनसम्म देशका केही भागमा सामान्य बदली हुने मौसमविदको भनाई छ ।

तराईमा हुस्सु र कुहिरोका कारण घाम नलाग्ने तथा उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपात हुने भएकाले चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ । नेपाल समाचारपत्र बाट