सुनको मूल्यमा सामान्य गिरावट

शुक्रबार, १७ माघ २०७६, ११ : ०३
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तोलामा ७६ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार रु ३०० घटेर तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तैगरी तेजावी सुन तोलमा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा रु १० बढेर तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ ।