साढे दुई किलो सुनसहित ६ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १३ माघ २०७६, १७ : ०९
साढे दुई किलो सुनसहित ६ जना पक्राउ

काठमाडौं । साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको गाडीमा रसुवाको टिमुरेबाट करिब एक करोड ६० लाख बराबरको सुन बरामद भएको हो । उनले ना १ झ ३५४२ नम्बरको गाडीबाट सुन बरामद भएको बताए ।

दुई वटा ढिक्का शरीरमा र तीन वटा गाडीको चालकले टेक्ने म्याटमुनि लुकाएको अवस्थामा सुन बरामद भएको इलाका प्रहरी कार्यालय, टिमुरेका प्रहरी निरीक्षक कमल नेपालले जानकारी दिए ।

निरीक्षक नेपालका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शर्पा, २३ वर्षीय शुक्पा लामा, ३२ वर्षीय सुवास तामाङ, १९ साँङ शेर्पा र सवारी चालक दोलखाको तामाकोशी–५ का २३ वर्षीय कुलनारायण श्रेष्ठ छन् ।

बरामद सुन र पक्राउ परेका व्यक्तिलाई आन्तरिक राजश्व कार्यालय, ललितपुर पठाउने तयारी भइरहेको निरीक्षक नेपालले जानकारी दिए ।