काँग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्यका उम्मेदवार

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०७६, १६ : ५७
काँग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्यका उम्मेदवार

फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यका  उम्मेदवार चयन गरेको छ । आगामी माग ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । 

शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले  उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

चयन भएका उम्मेदवारहरु :

प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता

प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक÷अपाङ्गता

प्रदेश नं. ६
१. डिल्लीराम पाठक  (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला

प्रदेश नं. ७
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला