काठमाडौं । तरकारी तथा फलफुलमा अस्वभाविक रुपमा मूल्य वृद्धि गरेको गुनासो बढेपछि सरकारले बल्खु र कालिमाटीमा मध्यरात देखिनै अनुगमन गरेको छ । उद्योग मन्त्रालय अन्र्तगतको वाणिज्य विभागले आज बिहान ३ बजे देखि नै बल्खु र कालीमाटीमा रहेको तरकाली तथा फलफुल पसलहरुमा पुगेर आकस्मिक अनुगमन गरेको हो ।
त्यसक्रममा अस्वाभाविक मूल्य बढाउन खोज्ने दर्जन बढी पसलमाथि विभागले कारबाही सिफारिस गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । उनका अनुसार कालिमाटीका ७ र बल्खुका ८ गरी १५ वटा तरकारी पसललाई कारबाहीको सिफारिस गरिएको छ ।
किसानसँग सस्तोमा लिने र बजारमा उपभोक्तालाई वेच्दा महँगो मूल्य राखेर बेच्ने गरेको भेटिएपछि कारबाहीे सिफारिस गरिएको गौचनले बताए ।
त्यसो त विभागको अनुगमनका क्रममा ति पसलहरुले बिलबिजकबिनै कारोबार गरेको तथा बिचौलियको काम गरेको समेत भेटेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ साउन २०७६, ०८ : ४२
लेखकबाट थप