को हुन्, स्मृति इरानी ? जसले राहुल गान्धीको गढमा जितिन्

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, ०९ : ०३
को हुन्, स्मृति इरानी ? जसले राहुल गान्धीको गढमा जितिन्

एजेन्सी । भारतको लोकसभा चुनाबमा काग्रेस आईले अपेक्षित परिणाममा जित निकाल्न त सकेन – सकेन, पार्टी अध्यक्ष राहुल गान्धीले बर्षौ देखिको आफ्नै परिवारको वर्चश्वमा रहेको अभेद्य किल्ला अमेठी समेत जोगाउन सकेनन् ।

दुई निर्वाचन क्षेत्रमा चुनाब लडेका राहुलले आफनै परिवारको विरासत रहेको र आफुले पनि तिन पटक जितिसकेको निर्वाचन क्षेत्र गुमाउन पुगे । राहुल अगाडी उक्त क्षेत्रमा उनकै आमा सोनिया गान्धीले जितेकी थिइन् । गान्धी परिवारको अभेद्य किल्ला अमेठीमा यसपटक स्मृति इरानीले भारतीय जनता पार्टीको झण्डा गाढिदिइन् ।
अर्थात स्मृति इरानीले त्यो क्षेत्रमा आफनो जित निकालिन् । राहुललाई हराउने स्मृति इरानी आखिरमा को हुन् ? अहिले सञ्चारमाध्यमहरुले निकै चासको साथ समाचारहरु प्रकाशित गर्न थालेका छन् ।

उनले पहिलो प्रयासमै उक्त क्षेत्रको चुनाव जितेकी भने होइनन् । दोश्रो पटकमा उनले राहुललाई हराएका हुन् ।   निर्वाचनअघि स्मृति इरानीले अमेठीको एक ठाउँमा आगलागी भएको बेला त्यसलाई निभाउन कार्यकर्ताहरूलाई दिएको आदेश, पानीका लागि आफैँ धारा चलाइरहेको र अवधीभाषी वृद्धाहरूलाई सम्झाइरहेको दृश्य राष्ट्रिय टेलिभिजनहरूमा प्रसारित भएका थिए ।

त्यसबाट यसपालि उनले सन् २०१४ को तुलनामा अमेठीमा राम्रो प्रदर्शन गर्ने आकलन शुरुमै गरिएको सञ्चारमाध्यमहरुले जनाए पनि राहुल गान्धीलाई हराइदिन्छिन् भनेर चाहिँ कमैले ठानेका थिए ।

इरानी भारतमा नरेन्द्र मोदी सरकारकी मन्त्री हुन् । सन् २०१४ मा बनेको नरेन्द्र मोदीको सरकारमा पहिले मानव संसाधनमन्त्री भएकी उनी पछि सूचना प्रसारणमन्त्री र त्यसपछि कपडामन्त्री भइन् ।

मानव संसाधनमन्त्री हुँदा आफ्नो शैक्षिक योग्यताबारे उनले गरेको टिप्पणी निकै विवादस्पद भयो । तर पनि उनी मोदी मन्त्रिमण्डलमा सुषमा स्वराज तथा निर्मला सीतारमणका साथ एक प्रभावशाली महिला मन्त्री बनिरहिन् ।

उनी कलाकार पनि हुन् । भारतीय टेलि सिरियल ‘क्योँकि सास भी कभी बहु थी’ मार्फत् उनी घरघरमा चिनिएकी थिइन् ।
त्यसपछि उनी सन् २००३ मा भाजपामा सामेल भई सक्रिय राजनीतिमा आएकी थिइन् । तर कमै मानिसलाई थाहा होला कि उनले कुनै बेला नरेन्द्र मोदीविरुद्ध समेत अनशन बस्न आह्वान गरेकी थिइन् ।

सन् २००४ मा उनी भरखरै भाजपामा प्रवेश गरेकी थिइन् र पार्टीको टिकटमा दिल्लीको चाँदनी चोक लोकसभा सीटको चुनावमा हारेकी थिइन् ।

त्यतिबेला उनले गुजरात दङ्गाको विषयमा तत्कालीन गुजरात मुख्यमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्दै अनशन बस्ने चेतावनी दिइन् ।
तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको नाम कैयौँ पटक लिँदै उनले नरेन्द्र मोदीले राजीनामा नगरेका कारण वाजपेयी हैरान भएको बताएकी थिइन् ।

तर पछि पार्टीको उच्च नेतृत्वले कारबाही गर्ने चेतावनी दिएपछि उनले आफ्नो भनाइ फिर्ता लिइन् । पछि उनै इरानी सने २०१४ को लोकसभा निर्वाचनमा पराजित भएपनि मोदीको सरकारका मन्त्री वनेकी थिइन । 

प्रतिक्रिया दिनुहोस