२५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड बनाएका पवन चाम्लिङको सत्ता गुम्यो

सिक्किममा पवन चाम्लिङको पार्टीलाई पछि पादैं पीएस गोलेको नेतृत्वमा रहेको  पार्टीले ल्यायो स्पष्ट बहुमत

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, ०८ : १६
२५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड बनाएका पवन चाम्लिङको सत्ता गुम्यो

एजेन्सी । सिक्किममा लगातार २५ वर्षदेखि सत्ताको वागडोर सम्हाल्दै आएको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई सत्ताच्यूत गर्ने संकल्प लिएर चुनावी मैदानमा उत्रिएको पीएस गोलेको नेतृत्वमा रहेको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सत्ता परिवर्तनको सपना पूरा गरेको छ ।

सिक्किमको विधानसभा चुनावको परिणाम अनुसार, पवन चाम्लिङको लाई पछि पादै सरकारको वागडोर सम्हाल्ने स्थानमा पीएस गोलेको पार्टी पुगेको हो ।

एसकेएमले ३२ सिटमध्ये १७ सिटमा जीत दर्ता गरेको छ । जीत सँगै अव पीएस गोलेको नेतृत्वको पार्टी सरकार गठनको प्रक्रियामा लागेको छ ।

पछिल्ला चुनावमा एसडिएफको किल्ला वनेर चुनावमा साथ दिदै आएको पश्चिम जिल्लाले यसपाली परिवर्तनको नारालाई आत्मसाथ गदै ८ सिटमध्ये ६ सिट परिवर्तनको पक्षमा दिएर एसकेएमलाई अघि वढाएको छ ।

यसैगरी दक्षिण जिल्लामा दुईवटा क्षेत्रवाट एसकेएमले जीत दर्ता गरेको छ ।  पूर्वी सिक्किमवाट १२ क्षेत्रमध्ये ६ बटा क्षेत्रमा जित निकालेको छ भने उत्तर जिल्लावाट तीन वटा क्षेत्रमध्ये २ ओटामा एसकेएमले जितेको छ ।

यसैगरी लाकेसभाको एउटा मात्र सिट रहेको सिक्किमवाट एसकेएमले नै जीत हासिल गरेको छ । एसकेएमका उम्मेदवार इन्द्रहाङ सुब्बाले लाकेसभा चुनाव जितेका हुन् । सिक्किममा लोकसभा चुनाव सँगै विधानसभाको पनि चुनाव एकैपटक हुने गर्छ ।

यो सँगै स्पष्ट वहुमत प्राप्त गरेर एसकेएम सरकार वनाउने दिशामा लागेको छ । अब २७ मेका दिन राजधानी गान्तोकको पाल्जोर स्टेडियममा सपथ ग्रहणको कार्यक्रम हुने वताईएको छ ।

मुख्यमन्त्री पवनकुमार चाम्लिङ लगातार छैटौँ कार्यकालका लागि सिक्किमको मुख्यमन्त्री बन्ने दाउमा रहेका थिए । उनको दाउलाई पीएस गोले ले धुलो चटाएका हुन् ।

चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका थिए । पवन भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा रहेको छ । कुनै बेला चाम्लिङकै पार्टीमा रहेका गोलेले अहिले सिक्किमले परिवर्तन चाहेको बताएका छन् । गोलेको पार्टीले चाम्लिङलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस