काठमाडौँ । अवैध लागुऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पर्सा, झापा र कैलाली जिल्लाबाट लागु औषधसहित ५ जना पक्राउ परेका हुन् ।
पर्साको विन्दवासिनी गाउँपालिका–२ स्थित सडकबाट अवैध लागु औषध चरेस करिब ५ किलोग्रामसहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगैली गाउँपालिका-५ निचुटा बस्ने ४५ वर्षीय जनार्दन औझईया र भारत बिहार बस्ने ६० वर्षीय गौरीशङ्कर भगत माली रहेका छन् ।
अस्थायी प्रहरी पोस्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले महुवनबाट वीरगन्जतर्फ साइकलमा जाँदै गरेका उनीहरूलाई उक्त चरेस सहित पक्राउ गरेको हो । त्यस्तै झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टा पुरानो मेचीपुल सडकबाट लागु औषध खैरो हेरोइन करिब ३ ग्रामसहित उदयपुर चौदण्डीगढी नगरपालिका–१ घर भई सुनसरी इटहरी उपमहानगरपालिका–१९ बस्ने २८ वर्षीय जीवन कामीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले शुक्रवार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ४५७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता कैलालीको टिकापुर नगरपालिका– ९ खक्रौलाबाट खैरो हेरोइन ४ ग्राम ६ सय १० मिलिग्रामसहित टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय विशाल शाहीलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै गोदावरी नगरपालिका–५ गेटाबाट खैरो हेरोइन १ ग्राम ३ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय प्रवीण रानालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा एकजना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
बारा प्रहरीद्वारा १० जना फरार प्रतिवादी पक्राउ
रौतहटमा मोबाइल चोर्ने २ जना रंगेहात पक्राउ
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ