इमेज सहकारीका अध्यक्ष नेपालीलाई काठमाडौं ल्याइयो

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, १५ : ४५
इमेज सहकारीका अध्यक्ष नेपालीलाई काठमाडौं ल्याइयो

काठमाडौं। भारतको नयाँ दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । सहकारी ठगीमा संलग्न नेपालीलाई शनिबार काठमाडौं ल्याएर बाग्लुङ पठाउने तयारी प्रहरीले गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका ५१ वर्षीय नेपालीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपालीलाई समेत पक्राउ गरिएको छ । ​

इमेज सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए । नेपालीविरुद्ध २०८० जेठ २४ मा पक्राउ पुर्जी जारी भइ २०८० माघ १० मा रेड नोटिस जारी भएको थियो ।पक्राउ परेका नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन् ।

उनीहरूमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ ।​​ सूर्यदर्शन सहकारीमा पनि उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस