पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

एजेन्सी

सोमबार, २२ असोज २०७५, १७ : ०८
पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

बार्बाडोस । वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् । 

आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र घरेलु क्रिकेटमा गरिरहेको योगदानलाई विचार गरेर छनौट गरिएको वेस्ट इन्डिजका छनौट समितिका अध्यक्ष कोर्टनी ब्राउनले बताउनुभयो । 

वेस्ट इन्डिज छनौट समितिले १५ सदस्यीय एक दिवसीय टीम समेतको घोषणा गरेको छ । उक्त टीममा नयाँ खेलाडीहरु चन्द्रपाल हेमराज, फाबियन आलेन र ओसेन थोमस रहेका छन् । आगामी सन् २०१९ मा हुने क्रिकेट विश्कपलाई समेत ध्यान दिएर नयाँ खेलाडी छनौट गरिएको कोर्टनी ब्राउनले बताउनुभयो । 

ब्राउनले आक्रामक ब्याट्सम्यान क्रिस गेल भारत र बंगलादेश विरुद्धको खेलमा उपलब्ध हुन नसक्ने पनि जानकारी दिनुभयो । 

भारत र वेस्ट इन्डिजबीच अक्टोबर २१ देखि नोभेम्बर १ सम्म भारतमा पाँचवटा एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदैछ ।   (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस