म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा पुरा गर्‍यो

बुधबार, १७ असोज २०७५, १४ : १४
म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा पुरा गर्‍यो

काठमाडौँ । विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि करण केसीले ८ बलमा नटआउट १४ रन जोडेका थिए ‌। अनिल साहले ११ रन बनाउँदा प्रदिप एेरी शून्यमा आउट भए । म्यानमारका टेट वाई र पाइङ दानुले १-१ विकेट लिए । 
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनाएको थियो । 

सन्दीपले दुई ओभरमा ३ रन दिएर ४ विकेट लिँदा ललितनारायणले ३ ओभरमा २ मेडन राख्दै तीन रन दिएर ३ विकेट लिए । मध्यम गतिका बलर करण केसी र ललितसिंह भन्डारीको नाममा १–१ विकेट रह्यो ।
म्यानमारका ६ ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् । कप्तान हटेट लिन अङले बनाएको १६ रन नै म्यानमारको इनिङमा बनेको सबैभन्दा ठुलो स्कोर हो ।

प्रतिक्रिया दिनुहोस