काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बिहीबारदेखि कार्यवाहक अध्यक्षविहीन भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल कार्यवाहक अध्यक्ष नतोकी विदेश भ्रमणमा निस्किएका हुन् ।
ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा छन् भने दाहाल पत्नी सीताको उपचारका लागि सिंगापुर गएका छन् ।
दुवै अध्यक्ष देशबाहिर हुँदासमेत पार्टीमा कार्यवाहक अध्यक्ष कसैलाई तोकिएन । यसअघि दुवै अध्यक्ष देशबाहिर हुँदा पार्टीमा तेस्रो वरीयताक्रममा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ असोज २०७५, ०८ : ४१
लेखकबाट थप