विश्वकप आजदेखि शुरु : पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, ०६ : ४२
विश्वकप आजदेखि शुरु : पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै

काठमाडौँ । आइसीसी टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् ।

यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन् । आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल हुदै छ । डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने 
छ ।

त्यस्तै दोस्रो खेलमा वेस्ट इण्डिज र पीएनजी खेल्दै छन् । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति ८ : १५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुदै छन् ।

२० टिमलाई हरेकमा ५ देशलाई राखेर ४ समुहमा बिभाजन गरिएको छ । समुह चरणको खेलपछि हरेक टिमका शिर्ष २ देश सुपर ८ मा पुग्ने छन् ।

समुह ए मा अमेरिका, क्यानडा, भारत, पाकिस्तान र आयरल्याण्ड रहेका छन् । त्यस्तै समुह बी मा अस्ट्रेलिया, इङल्याण्ड, नामिबिया, ओमान र स्कटल्याण्ड रहेका छन् ।

त्यसैगरी समुह सी मा वेस्ट इण्डिज, अफगानिस्तान, न्यूजील्याण्ड, पिएनजी र युगाण्डा रहेका छन् भने समुह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्डस, दक्षिण अफ्रिका र श्री लंका रहेका छन् ।
    

प्रतिक्रिया दिनुहोस