एजेन्सी । लुका मोड्रिच बेस्ट फिफा फुटबल अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ३३ वर्षीय रियल म्याड्रिडका मिडफिल्डरले पूर्व समकक्षी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमद शलाहलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् । वर्ष खेलाडी घोषणा गर्नु अघि सो अवार्डका लागि उत्कृष्ट तीनको सूचिमा मोड्रिकसँगै पोर्चुगलका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डो तथा लिभरपुलका केलाडी मोहम्मद सालेहको नाम सार्वजनिक गरेको थियो ।
मोड्रिचले गत मेमा लगातार तेस्रो च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने जुलाईमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन मुख्य भूमिका खेलेका थिए ।
ब्राजिल तथा ओर्लान्डो प्राइडकी मार्टाले उत्कृष्ट महिला खेलाडीको उपाधि हात पारिन् ।
रियल म्याड्रिडका गोलकिपर थियाबट कोर्टवा उत्कृष्ट गोलकिपर चुनिए ।
क्रोएसियलाई ४–२ गोलअन्तरले हराउँदै विश्वविजेता बनेको फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने महिला टोलीको उत्कृष्ट प्रशिक्षकको उपाधि रेनाल्ड पेड्रोसले हात पारे ।
यता, शलाहले एभर्टनबिरुद्ध गत डिसेम्बरमा गरेको गोलका लागि पुस्कास अवार्ड हात पारे ।
पेरुका समर्थकहरुले फिफा फ्यान अवार्ड जिते ।
बेस्ट फिफा फुटबल अवार्डको यो तेस्रो संस्करण हो । फ्रान्स फुटबल पत्रिकाले सन् १९५६ देखि बालोन डि’ओर वितरण गर्दै आएकोमा फिफासँग सन् २०१० देखि २०१५ सम्म संयुक्त रुपमा यो उपाधि वितरण गर्दै आएको थियो ।
तर, फुटबलको नियामक निकायले जनवरी २०१७ देखि फिफा बेस्ट अवार्ड शुरु गरेको थियो । यस संस्करणको पहिलो विजेता क्रिस्टियानो रोनाल्डो बनेका थिए ।
यसमा राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक, सिमित पत्रकार र अनलाइन भोटिङमाफर्तन विजेता चयन गरिन्छ । हरेकको हिस्सा भोटिङमा २५ प्रतिशत रहन्छ ।
मेस्सी–रोनाल्डो अधिपत्यको अन्त्य
योसँगै मोड्रिचले विश्वको उत्कृष्ट खेलाडीको अवार्डमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको एक छत्र राजको अन्त्य गरेका छन् । मोड्रिच अघि दुई खेलाडीबाहेक सन् २००७ मा काकाले बालोन डि’ओरको उपाधि जितेका थिए ।
मोड्रिचले क्लब र देशका लागि ५६ खेल खेल्दै च्याम्पियन्स लिगको उपाधि जित्न सफल रहे भने क्रोएसियालाई फाइनलसम्म पुर्याए ।
विश्वकपमा गोल्डन बल पनि जितेका मोड्रिचले उपाधि जितेपछि आफूलाई यहाँसम्म पुर्याउने सबै प्रशिक्षकलाई धन्यवाद दिए ।
‘यो उपाधि मेरो मात्र होइन । यो रियल म्याड्रिड र क्रोएसियाका समकक्षीको पनि हो । मेरा प्रशिक्षकहरु बिना म यो उपाधि जित्ने थिइनँ । मेरो परिवार बिना म आज जस्तो खेलाडी बन्ने थिइनँ,’ उनले भने ।
फिफा फिफ्प्रो विश्व ११
फिफा वर्ष टोलीमा डेभिड डि गेया, ड्यानी आल्भेस, राफायल भरान, सर्जियो रामोश, मार्सेलो, लुका मोड्रिच, एनगोलो कान्टे, एडिन हजार्ड, लियोनेल मेस्सी, कायलिन एमबाप्पे र क्रिस्टियानो रोनाल्डो छनौट भए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ असोज २०७५, १२ : २८
लेखकबाट थप