ढाका । साफ च्याम्पियनसिपको माल्दिभ्सविरुद्धको खेलमा नेपाली टोली १–० गोलले पछि परेको छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा भएको खेलको नवौं मिनेटमा फ्रिकिकमा माल्दिभ्सले नेपालविरुद्ध पहिलो गोल गरेको हो ।
कप्तान अक्रम अब्दुल घानीले पेनाल्टी बक्सको केहि बाहिर पाएको फ्रिकिकमा गोल गरेका थिए । उनको प्रहार रोक्न नेपाली रक्षक सुमन अर्यााल र गोलकिपर किरण चेम्जोङ असफल भएका थिए ।
प्रतिक्रिया दिनुहोस