जनकपुर । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिँदैछन् ।
गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
मधेस प्रदेश सभाको बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ। मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेस प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए ।
जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री बनेयता यादवले तेस्रो पटक विश्वासको मत लिँदैछन्।
मधेसमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ। जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले उनी सहज अवस्थामा छन्।
नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । मधेसको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन्। राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ सांसद छन् ।
प्रदेश सभामा तीन जना स्वतन्त्र सांसद छन्। यसअघि एमाले सरकारबाट बाहिरिएपछि गत जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए।
त्यतिबेला फेरि एमालेले सरकारलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाएर मधेस सरकार प्रतिपक्षीविहीन बनेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के
दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य
मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीले भर्चुअल संवाद गर्ने