काठमाडौँ । नेकपा एमालेले नदी संरक्षणको लागि पदयात्रा सुरु गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज नदीलाई प्रदूषणबाट जोगाउन चेतना जगाउने उद्देश्यका साथ गुह्येश्वरीदेखि धाप ड्याम यात्रा २०८० को उद्घाटन गरेका हुन् ।
नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको यो पदयात्रामा पार्टी सम्बद्ध नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । यात्राको क्रममा नदी संरक्षणका लागि विभिन्न कार्यक्रम गरिने पार्टीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ फागुन २०८०, १२ : ४८
लेखकबाट थप