विराटनगर । कोशी प्रदेश सरकार आज विस्तार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार बेलुका ४ बजे शपथ हुने तय भएको छ ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा इन्दिरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको छ ।
स्रोतले दिएको जानकारी अनुसार सुनुवार– स्वास्थ्य मन्त्री, खत्री– कृषि, सहकारी, बुर्जा– खानेपानी सिँचाइ तथा ऊर्जा, कार्की– सामाजिक विकास र थापा–स्वास्थ्य, राज्यमन्त्री बन्ने भएका छन् ।
हाल प्रदेश सरकारमा कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिचान पक्षधरलाई सरकारले वार्तामा बोलायो
सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
कोशी प्रदेशले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की