कांग्रेसको काठमाडौँ जिल्ला सम्मेलन आज

शीर्ष नेताहरूले सम्बोधन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २६ माघ २०८०, ०९ : ५१
कांग्रेसको काठमाडौँ जिल्ला सम्मेलन आज

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँको जिल्ला सम्मेलन आज हुँदै छ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट हुने कार्यक्रममा काठमाडौँका दस वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी हुनेछन् । 

सम्मेलनले जिल्लामा सङ्गठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरी निर्णयहरू गर्ने जिल्ला सभापति कृष्ण बानियाँ (सबुज)ले जानकारी दिए । उनका अनुसार उद्घाटन सत्रपछि आजै बन्द सत्र समेत हुनेछ ।

सम्मेलनमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित काठमाडौँका नेताहरूले समेत सम्बोधन गर्नेछन् ।