दोलखा । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन्।
नेकपा एमाले दोलखाको बिहीबार सम्पन्न १०औं अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन्। उनले ३३३ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अन्य दुई उम्मेदवार ईश्वरचन्द्र पोखरेलले २३८ र भरत दुलालले ३८ मत प्राप्त गरे। यो श्रेष्ठको दोस्रो कार्यकाल हो। उनी नवौंं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए।
यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर विजयी भए। मानन्धर ३३६ मतसहित विजयी भएका हुन्। उपाध्यक्षका अर्का प्रतिस्पर्धी हिरा थोकरले २६३ मत पाए।
यस्तै सचिवमा स्वयमवहादुर खड्का ३०४ मत प्राप्त गरी विजयी भए। सचिवका अर्का उम्मेदवार कृष्ण वस्नेतले २८४ मत प्राप्त गरे। यस्तै उपसचिवमा हरि ओली र कमला बस्नेत निर्वाचित भए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग ७ करोड बचत, कांग्रेस साँढे दुई करोड घाटामा
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस-एमालेमा महाधिवेशन : देउवा पछि धकेल्ने, ओली अघि सार्ने योजनामा
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेट
अध्यादेशबारे विपक्षीले अनावश्यक भ्रम सिर्जना गरे : एमाले
पाँच जना नेता एमालेबाट निष्कासित