माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री दाहालले संसदमा दिएको जवाफप्रति सांसद राईको आपत्ति

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १४ : ३६
माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री दाहालले संसदमा दिएको जवाफप्रति सांसद राईको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सांसद रामचन्द्र राईले तत्कालिन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफप्रति आपत्ति जनाएका छन ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार प्रतिनिधिसभामा सोधिएको प्रश्नको उही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन ।

प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको कार्यालयले ठिक छ भनेको विषयलाई यहाँ प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै यसले मुलुकको सुशासनमा टेवा नपुर्‍याउने उनको भनाई थियो ।

सांसद राईले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र सोही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए । सांसद राईले नेपाली जनताले सुशासन र समृद्धि चाहेकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारे
 ।

प्रतिक्रिया दिनुहोस